१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
शान्ता कमली काठमाडाैं
Invalid date format o८:४७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

Read Time : > 1 मिनेट
शान्ता कमली, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४७:oo

सन् २०२५ को पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीदेखि मे महिनासम्म कुल पाँच लाख एक हजार दुई सय ६४ पर्यटक नेपाल भ्रमणका लागि आएका हुन् । मे महिनामा मात्रै ८६ हजार दुई सय १६ विदेशी पर्यटक नेपाल आएको तथ्यांक छ । यस्तै, जनवरीमा ७९ हजार नौ सय ९१, फेब्रुअरीमा ९६ हजार आठ सय ८०, मार्चमा एक लाख २१ हजार आठ सय र अप्रिलमा  एक लाख १६ हजार चार सय ९० विदेशी पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार मे महिनामा सबैभन्दा बढी भारतबाट २८ हजार एक सय ६०, अमेरिकाबाट नौ हजार ७४, चीनबाट आठ हजार आठ सय २४, बंगलादेशबाट चार हजार दुई सय ८०, संयुक्त अधिराज्य बेलायतबाट तीन हजार चार सय ७३ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो महिना मेमा दक्षिण एसियाली मुलुकबाट ३४ हजार तीन सय ५०, एसिया र अन्य मुलुकबाट १८ हजार ६९ पर्यटक नेपाल आएका छन् । युरोपबाट १३ हजार तीन सय ३० र मध्यपूर्वी मुलुकबाट एक हजार पाँच सय १५ पर्यटक भित्रिएका छन् । 

अघिल्लो वर्ष सन् २०२४ को सोही महिनाको तुलनामा ९५ दशमलव ६ प्रतिशतभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एक सय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय सय ३६, जुलाईमा ६४ हजार पाँच सय ९९, अगस्टमा ७२ हजार सात सय १७, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३, नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक र डिसेम्बरमा करिब ९३ हजार पर्यटक नेपाल घुम्न आएका थिए । 

२०२४ मा विभिन्न देशबाट करिब साढे ११ लाख पर्यटक नेपाल घुम्न आएका छन् । यो संख्या अघिल्लो वर्ष २०२३ को तुलनामा १३ प्रतिशतभन्दा बढी हो ।  

भारतीय पर्यटकले पाँच हजार डलर साथमा ल्याउन पाउने
सरकारले भारतीय पर्यटकलाई पाँच हजार डलरबराबरको विदेशी मुद्रा बोकेर नेपाल आउने बाटो खुला गरेको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले हवाईमार्ग वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले पाँच हजार अमेरिकी डलरबराबरको नेपालमा विनिमय हुने कुनै पनि विदेशी मुद्रा वा धारक विनिमय अधिकारपत्र ट्राभलर्स चेक साथमा ल्याउन पाउने गरी व्यवस्था गरेको हो । यसअघि भारतीय पर्यटकले २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन पाउने व्यवस्था थियो ।