
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले यसअघिका सबै सरकारको छानबिन गर्ने सरकारको प्रतिबद्धतापछि आफूहरू सदन खोल्न तयार भएको बताएका छन्।
भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाको विरोध भइरहँदा अघि बढेको आइतबारको प्रतिनिधिसभा बैठकमा पुनले यस्तो प्रस्टीकरण दिएका हुन्। सरकारले ३० दिनभित्र छानबिनका लागि आवश्यक संरचना बनाउने प्रतिबद्धतासमेत जनाएको उनको भनाइ थियो।
‘माननीय गृहमन्त्रीज्यूले अहिले राजीनामा दिन्नँ, तर बाँकी सबै सरकारको तर्फबाट छानबिनका लागि हामी तयार छौँ भनेर प्रतिबद्धता सरकारले गर्याे। त्यसैगरी ३० दिनभित्र आवश्यक छानबिनको संरचना तयार गरी यो विषयलाई अगाडि बढाउने प्रतिबद्धता आएपछि हामी यो सदन नियमित गर्न सहमत भयौँ,’ उनले भने।