१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १ आइतबार o७:४३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आगामी शुक्रबारदेखि ग्वार्काे फ्लाइओभर सञ्चालनमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १ आइतबार o७:४३:oo

आगामी शुक्रबार अर्थात् ६ जेठदेखि ललितपुरस्थित ‘ग्वार्काे फ्लाइओभर’ सञ्चालनमा आउने भएको छ । भौतिक निर्माणको अधिकांश काम सकिएसँगै नेपालको पहिलो फ्लाई ओभरलाई सञ्चालनमा ल्याउन लागिएको हो । फ्लाइओभरमा र्‍याम्प (फ्लाई ओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको विशेष संरचना) र सुपर स्ट्रक्चर (पुल)को निर्माणकार्य सकिएको छ । अब आंशिक रूपमा कालोपत्रे र मध्य भागमा लेन सेप्रेटर (डिभाइडर) राख्न बाँकी छ । केही दिनमै त्यो काम सकेर ६ असारदेखि ग्वार्काे फ्लाई ओभर सञ्चालनमा ल्याउने तयारी भएको सडक विभागका प्रवक्ता ई. प्रभावकुमार झाले जानकारी दिए । 

‘अब आंशिक मात्रै कालोपत्रे बाँकी छ, त्यो एक–दुई दिनमा सकिन्छ । यसैगरी लेन सेप्रेटर राख्ने काम पनि अघि बढेको छ, त्यो बनिसकेको वस्तुलाई जडान गरेर पेन्टिङ मात्रै गर्ने हो । त्यसका लागि पनि धेरै समय लाग्दैन,’ उनले भने, ‘त्यो अवस्थामा हामीले ६ जेठदेखि औपचारिक रूपमा ग्वार्काे फ्लाई ओभर सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । बिचमा मौसमले साथ दियो भने त्यो सफल हुन्छ ।’ त्यो दिन औपचारिक रूपमा परियोजनाको उद्घाटन गर्ने सडक विभागको तयारी छ । फ्लाई ओभर सञ्चालनमा आएपछि त्यहाँको ट्राफिक व्यवस्थापन सहज हुने उनले बताए । 

शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले ग्वार्काे फ्लाई आभेरको स्थलगत निरीक्षण गरेका थिए । त्यस क्रममा मन्त्री दाहालले फ्लाइओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिला भएको बताएका थिए । 

सडक विभागका महानिर्देशक डा. विजय जैशीले मुख्य संरचनाको निर्माण पूरा भएको र अब सञ्चालनमा ल्याउने बताए । मन्त्री दाहालको निरीक्षण र पछिल्लो भौतिक प्रगतिको विश्लेषणपछि विभागले ६ असारमा फ्लाइओभर सञ्चालनमा ल्याउने तयारी गरेको हो । 

यस फ्लाई ओभरको कुल लम्बाइ चार सय ९० मिटरको छ । त्यसमा पुललाई सडकसँग जोड्न बालकुमारीतर्फबाट २८० मिटर लामो र्‍याम्प र सातदोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको ‍र्‍याम्प छ । बिचमा बनाइएको सुपर स्ट्रक्चर (पुल) लम्बाइ भने ३५ मिटर लामो छ । सडकबाट फ्लाइओभरको उचाइ ६ मिटरको हुनेछ । सडक विभागका अनुसार फ्लाइओभरमा कालोपत्रे गर्ने काम अधिकांश सकिएको छ ।