१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
२o८२ असार १ आइतबार o७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विष्णुहरि पन्थीको अध्यक्षतामा १७ सदस्यीय गौली पन्थी कार्यसमिति चयन

कृष्ण प्रसाद पन्थीकाे संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १ आइतबार o७:२४:oo

गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाज नेपालको केन्द्रीय आठौँ वार्षिक साधरणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले १७ सदस्यीय कार्यसमिति तथा तीन सदस्यीय लेखा समिति निर्विरोध निर्वाचित गरेको छ।

जसको अध्यक्षमा विष्णुहरि पन्थी, उपाध्यक्षमा रामप्रसाद पन्थी, सचिवमा प्रकाश पन्थी, कोषाध्यक्षमा पीताम्बर पन्थी र सहसचिवमा हिरण्य पन्थी चयन भएका छन् ।

यसैगरी, सदस्यहरूमा अच्युतराज पन्थी, देवीराम पन्थी, रामप्रसाद पन्थी, पुनाराम पन्थी, सावित्रा पन्थी, नारायण पन्थी, मगज पन्थी, मीनराज पन्थी, राजु पन्थी, रविलाल पन्थी र रोमहर्ष पन्थी निर्विरोध निर्वाचित भएका छन् ।

कृष्णप्रसाद पन्थीकाे संयोजकत्वमा तीन सदस्यीय लेखा समिति

यस समाजकाे चौथो अधिवेशनले कृष्णप्रसाद पन्थीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरेको छ । लेखा समिति सदस्यमा पुष्पा पन्थी र दामोदर पन्थी चयन भएको निर्वाचन समिति संयोजक काशीराम पन्थीले जानकारी दिए । गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष वासुदेव पन्थीको अध्यक्षतामा कार्यक्रम भएको हाे।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी, पूर्वलुम्बिनी प्रदेश सांसद विमला पन्थी, समाजको केन्द्रीय उपाध्यक्ष विष्णुहरि पन्थीलगायतका महानुभावको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन समाजका सचिव रामप्रसाद पन्थीले गरेका थिए । कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष प्रकाश पन्थीले आर्थिक प्रतिवेदन पेस गरेका थिए । यस्तै, सचिव रामप्रसाद पन्थीले संस्थाको प्रगति प्रतिवेदन पेस गरेका थिए । यसैगरी, अध्यक्ष वासुदेव पन्थीले आफ्नो कार्यकालमा भएका कार्यक्रमको झलक प्रस्तुत गरेका थिए । यस कार्यक्रममा ‘पन्थी वार्षिक मुखपत्र- २०८२’ पुस्तकसमेत विमोचन गरिएको थियो।