१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ३१ शनिबार १७:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागढुंगामा हायस दुर्घटना, २० जना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार १७:४३:oo

काठमाडौको चन्द्रागिरि  नगरपालिका–२ नागढुङ्गा नजिकै हाईस गाडी दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी अस्पताल लगेको छ ।

काठमाडौबाट चितवनतर्फ जाँदै गरेको बा ३ ख ८३२९ नम्बरको हाईस गति अनियन्त्रित भई शनिबार दिउँसो पौने चार बजे सडकबाट करीव ८० मिटर तल खसेको थियो । उक्त हाईसमा चालक तथा सहचालकसहित २० जना सवार रहेको थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण काठमाडौबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमाण्डमा खटिएको सुरक्षा फौज उनीहरुको उद्धार गरी अस्पताल पुर्याएको छ ।  घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भिर रहेको छ । दुर्घटनामा ४ जना बालबालिका, ५ जना महिला र ११ जना पुरुष रहेका छन् ।

घाइते हुनेहरुमा चालक अनिल तामाङसहित सक्षम अधिकारी, सुजाता अधिकारी, अञ्जिला शाह, सुविधा मल्ल, ईश्वर थापा, गणेश पौडेल, सन्तबहादुर थापा, सुनिल श्रेष्ठ, प्रशान्त अधिकारी, प्रयास गुरुङ छन् । 

त्यस्तै, भारतीय नागरिहहरु रिन्कु देवी, रवि कुमार, सार्थक कुमार, मानवी कुमार, डब्लु कुमार, राजकुमार, शिव कुमार, प्रञ्जल कुमार, निश्चत कुमार र तिर कुमारी छन्।