१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
Invalid date format १३:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलाइसिस मेसिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२१:oo

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलाइसिस मेसिन बिग्रिएको एक वर्षभन्दा बढी भए पनि मर्मत हुन सकेको छैन। अस्पतालमा १४ वटा मेसिनमध्ये हाल पाँचवटा मेसिन बिग्रिएका छन्। 

नौवटा मेसिन भने चालू अवस्थामा रहेको अस्पतालका डायलाइसिस शाखा प्रमुख लिना बडेलले बताए। मर्मत गर्नका लागि काठमाडौंबाट इन्जिनियर नै आउनुपर्ने भए पनि इन्जिनियर आउन नमानेको उनले बताए । ‘इन्जिनियरहरूलाई बोलाएको हो,’ उनले भने, ‘तर पुराना डिजाइनका भएर होला, उहाँहरू आउन मान्नुभएको छैन।’ डायलासिस मेसिन बिग्रिँदा निकै समस्या हुने गरेको छ। 

घरपायक डायलाइसिस गर्न चहानेहरूलाई समेट्न नसकिएको उनले बताए। तुलसीपुरकै बिरामीहरूलाई पनि घोराही, लमही, बुटवलसम्म लैजानुपर्ने अवस्था रहेको उनले बताए। अहिले नियमित ७२ जनाले सेवा लिइरहेका छन्। अस्पतालमा डायलाइसिसका लागि दाङसहित सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्युठानलगायतका ठाउँबाट बिरामी आउने गरेका छन्।