१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
नयाँ पत्रिका मकवानपुर
२o८२ जेठ २८ बुधबार १o:२५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पानीको सतह घटेपछि कुलेखानी आयोजना दबाबमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार १o:२५:oo

देशको एक मात्र जलाशययुक्त जलविद्युत् आयोजना कुलेखानीमा पानीको सतह घट्दै गएको छ । सोमबार साँझसम्म इन्द्रसरोवरको पानीको सतह समुद्री सतहबाट १,४८६.३९ मिटरमा झरेको छ । कुलेखानी जलविद्युत् केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टले केही दिनयता पानी नपर्दा र गर्मी बढेसँगै विद्युत् माग उच्च हुँदा नियमित विद्युत् उत्पादन गर्नुपरेकाले सरोवरमा पानीको सतह घटेको बताए ।

उनले हाल कुलेखानी प्रथम, दोस्रो र तेस्रो जलविद्युत् केन्द्र २४सै घण्टा पूर्ण क्षमतामा सञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट अन्तिम विन्दु १,४८४ मिटरसम्म पुर्‍याउन सकिन्छ । यद्यपि, बिजुलीको माग बढिरहे थप एक मिटर तलसम्म जान सकिने उनको भनाइ छ । त्यसपछि भने कुलेखानीबाट नियमित बिजुली उत्पादन गर्न नसकिने प्रमुख भट्टले बताए ।

समुद्री सतहबाट १,४८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने प्रमुख भट्टले बताए । ‘सोमबार साँझसम्म इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट १,४८६.३९ मिटर पुगेको छ । पानीको सतह अझै दुई–तीन मिटर तल झरे पनि विद्युत् उत्पादन सम्भव छ,’ प्रमुख भट्टले भने, ‘तर, १,४८३ मिटरभन्दा तल झरेमा अत्यावश्यकबाहेक बिजुली उत्पादन गर्न सकिँदैन ।’