
जिल्लाका तीन स्थानमा तीनजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा– ४, मदनपुर जलाधर सडक, बिर्तामोड– २, फूलबारी टोल र अर्जुनधारा– ११, नयाँबस्तीमा शव भेटिएका हुन् ।
अर्जुनधारा– ४ मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड– २, फूलबारी टोलका ३६ वर्षीय राम टुडु र अर्जुनधारा– ११, नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेकाे जनाइएको छ । तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।