
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आठौँ वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । सोमबार सम्पन्न साधारणसभाले सेयरधनीलाई गत आर्थिक वर्ष ०८०/८१ को नाफबाट ८ प्रतिशत बोनस सेयर र करका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभा कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको थियो ।
त्यसैगरी सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, बोनस सेयर वितरणसँगै नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणको निर्देशनबमोजिम तोकिएको न्यूनतम चुक्ता पुँजी पुग्ने बताइएको छ । सभाले गत आवको लेखा परीक्षकको प्रतिवेदन स्वीकृत गरी चालू आवका लागि लेखा परीक्षक नियुक्त पनि गरेको छ ।