१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
२o८२ जेठ २८ बुधबार १o:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कावासोतीमा अनुदानको धानको बिउ उम्रिएन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार १o:o३:oo

नवलपुरको कावासोती नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको धानको बिउमध्ये सावा मन्सुलीको बिउ नम्रिएपछि किसान समस्यामा परेका छन् । कावासोती नगरपालिकाले संघीय सरकारको ससर्त अनुदानमा सावा मन्सुली, सावित्री, रामधान, हर्दिनाथ १, स्वर्ण सव १ लगायतका धानको बिउ वितरण गरेको थियो ।

तीमध्ये सावा मन्सुलीको धानको बिउ नउम्रिएको कावासोती नगरपालिका कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताए। कावासोती ४ र ६ का किसानले सावा मन्सुलीको धानको बिउ लगेको र अधिकांशमा धानको बिउ नउम्रिएको कुमालले जानकारी दिए। कावासोती नगरपालिकाले करिब २७ लाख ३५ हजारबराबरको धानको बिउ अनुदानमा वितरण गरेको थियो।

उक्त धानको बिउ कावासोती– १७ मा रहेको साना किसान कृषि सहकारी संस्थाबाट खरिद गरिएको हो। किसानले लगाएका धानका बिउहरूमध्ये कतै शतप्रतिशत नउम्रिएको र कतै ५० प्रतिशत उम्रिएको पाइएको छ । धानको बिउमध्ये कम्तीमा ८० प्रतिशत धानको बिउ उम्रिनुपर्ने मान्यता रहिआएको छ।कावासोती– ६ का वडाध्यक्ष यमबहादुर थापाले आफूसँग पनि गुनासो आएको र कावासोती– ६ का किसानले राखेको सावा मन्सुलीका धानको बिउमा समस्या देखिएको बताए ।  

त्यस्तैगरी, कावासोती– ४ का वडाध्यक्ष नारायण लोहनीले पनि आफ्नो वडाभित्रका किसानले राखेको सावा मन्सुली धानको बिउमा पनि समस्या देखिएको बताए।कावासोती नगरपालिका कृषि शाखा प्रमुख शिवनारायण कुमालले धानकै बिउमा समस्या हो वा धानको बिउ राख्ने तौरतरिकामा फरक परेर यस्तो भएको प्राविधिक र विज्ञहरूसहितको टोलीले अध्ययन गरिरहेको जानकारी दिए ।