१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २८ बुधबार o८:२५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसियन कप छनोट लाओससँग नेपालको पहिलो हार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार o८:२५:oo

एएफसी एसियन कप २०२६ अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले खराब रेकर्ड बनाएको छ । नेपाल इतिहासमै पहिलोपटक लाओससँग २–१ ले पराजित भयो । छनोटअन्तर्गत समूह ‘एफ’को खेलमा नेपालले लाओसविरुद्ध पहिलो तथा दोस्रो हाफमा उत्कृष्ट फिनिसिङ गर्न सकेन । लाओसले नेपालविरुद्धको सातौँ भेटमा सानदार जित निकाल्यो । यसअघि ६ खेलमा नेपाल लाओसँग पराजित भएको थिएन ।

नेपालले तीनपटक लाओसलाई हराउँदा तीनपटक बराबरी नतिजा निकालेको थियो । नेपाल आफ्नो समूहमा अंकविहीन रहँदा लाओसले तीन अंक जोड्दै तेस्रो स्थान रक्षा गरेको छ । फिफा वरीयतामा नेपालभन्दा लाओस १५ स्थान तल रहेको छ । पछिल्लो वरीयतामा नेपाल १७५ र लाओस १९०औँ स्थानमा छ । प्रतिस्पर्धामा वरीयताको केही अर्थ नरहने भन्ने प्रमाणित लाओसले गरेको छ ।

घरेलु रंगशालामा लाओसले सुरुदेखि नेपालमाथि दबाब बनाएको थियो । खेलको १३औँ घरेलु टोलीले नेपालविरुद्ध १–० को अग्रता लियो । नेपालको कमजोर डिफेन्सको फाइदामा दमोथले डिबक्सभित्र अनमार्क रहँदै हेडिङ गोल गरेका थिए । 

मध्यान्तरपछि नेपालको प्रयास
प्रशिक्षक म्याट रोसले मध्यान्तरपछि केही रणनीति परिवर्तन गरेका थिए । यद्यपि, उनको रणनीतिले खासै प्रभाव पार्न सकेन । नेपालको कमजोर डिफेन्स र मिडफिल्डको फाइदामा लाओसले ४९औँ मिनेटमा २–० को अग्रता लियो । नेपालविरुद्ध लाओसले पहिलोपटक दुई गोलको अग्रता लिएको यही नै थियो । घरेलु टोलीका लागि पिटरले उत्कृष्ट गोल गर्दा नेपाल २–० गोलले पछि परेको थियो । नेपालको फाइनल थर्डका खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । खेलको ७३औँ मिनेटमा नेपालका लागि एक मात्र गोल मनीष डाँगीले गरेका हुन् ।  

लाओसविरुद्ध कृतिशको डेब्यु
अट्याकिङ मिडफिल्डर कृतिशरत्न छुन्जूले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् । उनले लाओसविरुद्ध पहिलोपटक राष्ट्रिय टोलीको जर्सी लगाएका हुन् । उनले खेलको ७३औँ मिनेटमा मिडफिल्डर मनीष डाँगीलाई प्रतिस्थापन गरेका हुन् । राष्ट्रिय टोलीमा स्थान बनाए पनि उनले यसअघिका खेलमा प्रतिस्पर्धा गर्न पाएका थिएनन । तर, कृतिशले तेस्रो प्रयास राष्ट्रिय टोलीबाट डेब्युको अवसर प्राप्त गरे । तीन वर्षअघि मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा उनलाई तत्कालीन प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले टोलीमा राखेका थिए ।