१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Wednesday, 11 June, 2025
सौरभ यादव राजविराज
२o८२ जेठ २७ मंगलबार १३:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षा अधिकृतलाई निमित्त हाकिम बनाएको भन्दै आन्दोलन [भिडियाेसहित]

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १३:११:oo

राजविराज नगरपालिकाको‌ कार्यवाहक नगरप्रमुखले आर्थिक वर्षको अन्तमा उपसचिवको दरबन्दी रहेको राजविराज नगरपालिकामा शिक्षा शाखा अधिकृतलाई निमित्त हाकिम बनाएर ल्याएको भन्दै आन्दोलन भइरहेको छ।

संघीय मामिला मन्त्रालयबाट उपसचिवस्तरको डाक्टर श्रवणकुमार साहको सरुवा गरी कार्यवाहक नगरप्रमुख इसरत परविनको मिलेमतोमा राजविराज शिक्षा शाखा अधिकृत भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन लाग्दा राजविराज नगरपालिकामा आज तोडफोड भएको छ। निलम्बित नगरप्रमुख भीमराज यादवको नेतृत्वमा आएका स्थानीयवासीले राजविराज नगरपालिकामा तोडफोड गरेका हुन्।

निमित्तलाई हाकिम नबनाउने नगरपालिकामा भ्रष्टाचार बढेकोलगायतका मागसहित यादव नेतृत्वको टोली तीन दिनदेखि तालाबन्दी गरेर आन्दोलनमा छ‌ । ताला फोडेर आज भोगेन्द्र यादवलाई कार्यवाहक नगरप्रमुखले पदभार ग्रहण गराउन खोज्दा आन्दोलन चर्किएको हो।

आन्दोलनमा दुई पक्षबिच धकेलाधकेल र ढुंगामुढासमेत भएको छ। कार्यवाहक नगरप्रमुखसहित निमित्त कार्यालय प्रमुख अहिले प्रहरीको सुरक्षाबिच नगरपालिका भित्र थुनिएका छन्। सुरक्षाको दृष्टिकोणले यहाँ व्यापक प्रहरी परिचालन गरिएको छ।

हेर्नुस् भिडियाे :