१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २५ आइतबार १७:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छिट्टै सहमतिको भाषा टुंगिएर सदन चल्छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार १७:१८:oo

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको भाषा टुंग्याएर छिट्टै सदन चल्नेमा आफू आशावादी रहेको बताएका छन्।

संसद् भवनबाहिर पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल रचनात्मक र सकारात्मक भएको भन्दै उनले समस्या समाधानका लागि सबै लचिलो बन्नुपर्ने बताए। ‘सबै लचिलो बन्नुपर्छ, समस्या समाधान गर्न माओवादी मात्रै लचिलो भएर पुग्दैन,’ प्रचण्डले भने।

गृहमन्त्री रमेश लेखक विवादमा तानिएको भिजिट भिसा प्रकरणमा प्रतिपक्षी र सत्तापक्षको आ–आफ्नो अडानका कारण प्रतिनिधिसभा बैठक बस्न सकेको छैन।