
अमेरिकाबाट डिपोर्ट नेपाली काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्। डिपोर्ट हुनेमा ३७ जना रहेको अध्यामगन विभागले जानकारी दिएको छ।
उनीहरूलाई अमेरिकी सरकारले गैरकानुनी ढंगबाट बसोबास गरेको भन्दै जहाज चार्टर गरेर नेपाल फिर्ता गरेको थियो। विमानस्थलस्थित अध्यागमन कार्यालयमा उनीहरूको कागजात चेकजाँचको काम भइरहेको छ। त्यसलगत्तै, उनीहरूसँग नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले सोधपुछ गर्नेछ। ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले डिपोर्ट भएका टोली नेपाल आइपुगेको बताए।
उनले भने, ‘अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्किएका टोली आइपुगेका छन्। अहिले विमानस्थलस्थित अध्यागमनबाट कागजात चेकजाँचको गर्ने काम भइरहेको छ। त्यसलगत्तै हाम्रो टोलीले सोधपुछ गर्ने काम गर्छ।’