
श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई अस्पताल भर्ना गरिएको छ । एक सातादेखि उनी अस्पतालमा उपचाररत छन् । उनी १८ जेठदेखि शिक्षण अस्पतालमा उपचाररत रहेको कार्यवाहक महासचिव गौरवले जानकारी दिए । वैद्यको स्वास्थ्य अवस्था गम्भीर रहेको उनको भनाइ छ ।
‘नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका अविचलित नेता, वरिष्ठ दार्शनिक तथा सौन्दर्य चिन्तक हाम्रो पार्टीका महासचिव मोहन वैद्य श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारका लागि गत जेठ १८ गतेदेखि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था स्थिर छ,’ कार्यवाहक महासचिव गौरवले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।