१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
Invalid date format १o:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गण्डकीमा पुरानै कार्यक्रमको निरन्तरता  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२३:oo

चालू आर्थिक वर्षका अधिकांश कार्यक्रम र केही नयाँ समेट्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक बर्षका लागि बुधबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पेस गरेका छन् ।

प्रदेशको दोस्रो पञ्‍चवर्षीय योजनाले तय गरेको रणनीतिबमोजिम उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारीका अवसर सिर्जना र आयात प्रतिस्थापन गर्न स्थानीय तह एवं निजी क्षेत्रसमेतको साझेदारीमा आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणको आधार तयार गर्ने विषयलाई कार्यक्रममा प्राथमिकता दिइएको छ ।

प्रदेश सरकारले गण्डकीका १० स्थानलाई विश्वसम्पदा सूचीमा सूचिकृतका लागि पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । गोरखा दरबार, मनकामना मन्दिर, लिगलिगेकोट दरबार, क्होलासोथर, लमजुङ दरबार, विन्ध्यवासिनी मन्दिर, लोमाङथाङ दरबार, मुक्तिनाथ मन्दिर, बागलुङ कालिका मन्दिर, पुर्काेट कालिकालगायतलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्नका लागि पहल गर्ने नीति गण्डकी सरकारले लिएको छ ।

पहिले घरदेश अनि परदेश कार्यक्रम, आरोग्य पर्यटन हवको पमा प्रदेशलाई विकास गर्ने, कैलाश मानसरोवर यात्राका लागि कोरला नाका प्रयोगका लागि पहललगायतका कार्यक्रमहरू समाबेश छन् । इन्भेष्ट गण्डकी कार्यक्रममार्फत लगानी सम्मेलन गर्ने, तनहुँ तथा कास्कीको पुँडीटारमा औद्योगिक क्षेत्रको रूपमा विकास गर्ने, मेरो प्रदेश : मेरो दायित्व कार्यक्रम सञ्चालन गर्नेलगायतका आर्थिक कार्यक्रम प्रदेश सरकारले सञ्चालन गर्ने उनले बताए ।

निष्क्रिय सहकारी खारेज गर्ने, कृषि एम्बुलेन्स सञ्चालन, पहाडी क्षेत्रमा काष्ठफल तथा फलपूmल विकास आयोजना १० जिल्लाका ३४ बटा स्थानीय तहमा लागू गर्ने, एक सामुदायिक वन एक पोखरी निर्माण गर्ने कार्यक्रमहरू पनि समावेश गरिएका छन् । उज्यालो गण्डकी प्रदेश अभियान सम्पन्न गरी विद्युत् सेवालाई भरपर्दो र नियमित बनाउने, विद्युतीय चुल्हो तथा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने, राष्ट्रिय प्रसारणलाइन नपुगेको दुर्गम स्थानमा सामुदायिक लघु जलविद्युत् आयोजनाको निर्माण एवं मर्मतसम्भार कार्यलाई निरन्तरता दिने उनले बताए । 

छुटाउनुभयो की ?