१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
२o८२ जेठ २४ शनिबार १o:३३:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सातौं राष्ट्रिय इन्डोर आर्चरी सुरु, ७० जना प्रतिस्पर्धामा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार १o:३३:oo

सातौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिता २०८२ पोखरामा सुरु भएको छ। गण्डकी प्रदेश आर्चरी संघको आयोजना, नेपाल आर्चरी संघको प्राविधिक सहयोग सँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोगमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु प्रतियोगिताको राखेपका सदस्य सचिब टंकलाल घिसिङले उद्घाटन गरेका थिए। 

घरेलु टोली गण्डकी प्रदेश सगै कोशी र बागमती प्रदेश, तीन विभागीय टोलीहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबका गरि २२ महिला र ४८ पुरुषहरु गरि ७० जना खेलाडीहरु सहभागी रहेको प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिए ।

पोखरामा पहिलो पटक आयोजना भएको इन्डोर आर्चरीको पहिलो दिन रयाकिङ राउण्डका खेलहरु सम्पन्न भएका छन्। प्रतियोगिता अन्र्तगत मेन्स इन्डिभिजुअलतर्फ पुलिसका तिलक पुनले २८५ अंकका साथ पहिलो, गण्डकी ‘ए’ का अशिम शेरचन २७८ अंकका साथ दोस्रो, गण्डकी ‘बी’ का मुकेश रोक्का मगर २७७ अंकका साथ तेस्रो स्थानमा रहेका छन्। रिकर्व मिक्स टिम इभेन्टतर्फ पुलिस र आर्मीले फाइनल यात्रा तय गरेका छन्।यसअघि सेमीफाइनलमा पुलिसले गण्डकी बी लाई ५–१ र आर्मीले गण्डकी ए लाई ६–२ को सेटमा पराजित गदै अन्तिम दुईको स्थान सुरक्षित गरेका हुन्।

रिकर्व मेन्स टिमतर्फ गडकी ए र आर्मी भिड्ने भएका छन् । यस अघि भएको सेमिफाइनलमा गण्डकी ए ले गण्डकी बी लाई ५–१ र आर्मीले पुलिसलाई ५–१ को सेटमा पराजित गरेको थियो । स्टाण्डर्ड मिक्स टिमतर्फ गण्डकी ए र आर्मीले अन्तिम दुईमा स्थान बनाएका छन्। यसअघि गण्डकी एले पुलिसलाई ५–१ र आर्मीले गण्डकी बीलाई ५–३ को सेटमा पराजित गरी फाइनलको यात्रा तय गरेका थिए। स्टाण्डर्ड मेन्स टिमतर्फ गण्डकी ए र पुलिसले उपाधि यात्रा तय गरेका छन्। 

प्रतियोगितामा रिकर्व महिला/पुरुष, रिकर्व टिम, रिकर्व मिक्स, कम्पाउण्ड महिला/पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड महिला/पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड मेन्स टिम र मिक्स गरि १० विद्यामा १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।