
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गरेका शिव महर्जन १९औँ दिनमा डिस्चार्ज भएका छन् । यसैगरी मस्तिष्क मृत्युबाट मिर्गौला प्रत्यारोपण गर्ने फूलमाया नेपाली १४ जेठमै डिस्चार्ज भएकी थिइन् ।
सडक दुर्घटनामा मृत्यु भएका १८ वर्षीय युवाको मिर्गौला र कलेजो प्रत्यारोपणबाट शिव र फूलमायाले नयाँ जीवन पाएका छन् ।
प्रत्यारोपणको नेतृत्व शल्य चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए । जसमा नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पनाकुमारी श्रेष्ठ, युरोलोजी विभाग प्रमुख डा. दिपेश श्रेष्ठ, एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा. आरती राई, प्याथोलोजी विभाग प्रमुख डा. सबिना श्रेष्ठ थिए ।
यसैगरी रेडियोलोजी विभाग प्रमुख डा. कृष्ण बुढाथोकी, कार्डियोलोजी विभाग प्रमुख डा. प्रवेश न्यौपाने तथा नर्सिङ निर्देशक पूजा कोइरालाको टोलीले प्रत्यारोपण गरेका थियो । १८ वर्षीय मस्तिष्क मृत व्यक्तिको परिवारले अंगदान दिएपछि प्रत्यारोपण सफल भएको हो ।