१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २२ बिहीबार o९:४७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मञ्जुश्री फाइनान्स एनपिएस–एनसिएस र नेपाल पे कार्डमा आबद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार o९:४७:oo

मञ्जुश्री फाइनान्स र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बिच नेपाल पेमेन्ट स्विच (एनपिएस) र नेसनल कार्ड स्विच (एनसिएस) डोमेस्टिक कार्ड स्किम नेपाल पेको प्रिसिन्पल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत पदम ठकुल्ला र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् । 

एनसिएचएलले हालै एनपिएस–एनसिएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गरेको छ । बैंक, वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड जारी र प्राप्तिका लागि आफ्नो स्विच एकीकृत गर्न आग्रह गरेको थियो ।

त्यससँगै बैंक, वित्तीय संस्था नेपाल पेमा आबद्ध भइरहेका छन् । पूर्वाधारको कमर्सियल रोलआउटपश्चात् मञ्जुश्री फाइनान्सका ग्राहकले कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन् । 

छुटाउनुभयो की ?