१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १८ आइतबार o८:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य बिमा बोर्डमा १८० जना मेडिकल अधिकृत माग

यसमा आवेदन दिनको लागि एमबिबिएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार o८:१७:oo

स्वास्थ्य बिमा बोर्डले १८० जना मेडिकल अधिकृत माग गरेको छ । बोर्डले आज सूचना जारी गर्दै तीन महिनाका लागि अधिकृत माग गरेको हो । यो जनशक्ति बिमा दाबी भुक्तानीको रुजु गर्न र सिफारिस गर्नका लागि माग गरिएको हो ।

पर्याप्त जनशक्ति नहुँदा बोर्डमा रुजु र सिफारिसको काम बाँकी छ । यसमा आवेदन दिन एमबिबिएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।

यो टिमले अस्पतालहरूले दिएको माग दाबीको विवरणसमेत केलाउनेछ । पछिल्लो समय कतिपय निजी अस्पतालले फेक क्लेमसमेत गरी तथ्यांक पठाउने गरेको बोर्डको आरोप छ ।