१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Thursday, 29 May, 2025
२o८२ जेठ १४ बुधबार १o:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घरमा आगलागी हुँदा महिलाको जलेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार १o:o४:oo

लमजुङकाे सुन्दर बजार नगरपालिका– ९, बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका– १ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो ।

आज बिहान करिब ३:३० बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उनलाई उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।