
सरकारले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने भएको छ। अर्थमन्त्री पौडेलले वृद्धभत्ताको उमेर ७० वर्ष पुर्याउने बताए।
तर, हाल यस्तो भत्ता पाइरहेका दुर्गम क्षेत्र र लक्षित वर्गका लागि भने उमेर यथावत् राखिएको अर्थमन्त्रीले जानकारी दिए।
तीन वर्षअघि वृद्धभत्ताका लागि उमेरहद ७० बाट ६८ वर्षमा झारिएको थियो।