१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १० शनिबार १४:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीयताबारे छलफल गर्न राष्ट्रिय सभा सदस्यहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार १४:५५:oo

यही जेठ ११ र १२ गते  सातवटै प्रदेशमा आयोजना हुने ‘संघीयता सबलीकरणमा राष्ट्रिय सभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयमा आयोजना हुने छलफलमा भाग लिन राष्ट्रिय सभा सदस्यहरू आ–आफ्ना प्रदेशतर्फ प्रस्थान गरेका छन्। छलफलमा संघीयता कार्यान्वयन, वित्तीय संघीयता, सार्वजनिक सेवा र विकासका बारेमा विचारविमर्श हुने संसद् सचिवालयले जनाएको छ। 

कोशी प्रदेशमा हुने छलफलको संयोजन कृष्णप्रसाद सिटौला, मधेशमा मोहम्मद खालिद र बागमती प्रदेशमा गंगाकुमारी बेलबासेले गर्नेछन्। यसैगरी, गण्डकी प्रदेशका लागि कमलादेवी पन्त, लुम्बिनीका लागि गोपाल भट्टराई, कर्णालीमा मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशका लागि मदनकुमारी शाहलाई संयोजकको जिम्मेवारी तोकिएको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ। सम्बन्धित प्रदेशबाट निर्वाचित राष्ट्रिय सभाका सबै सदस्य छलफमा सहभागी हुनेछन्।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल बागमती र उपाध्यक्ष विमला घिमिरे लुम्बिनी प्रदेशको छलफल तथा मनोनीत सदस्य अञ्जान शाक्य कर्णाली प्रदेशको कार्यक्रममा सहभागी हुन जनाइएको छ।