१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका रुकुमपूर्व
२o८२ जेठ १० शनिबार २o:५७:oo
Read Time : < 1 मिनेट
समाचार

यार्सा संकलन गर्न गएका रुकुमपूर्व र डोल्पाका नागरिकबिच सीमा विवादमा झडप

सशस्त्र प्रहरीद्वारा दुई राउन्ड हवाइ फायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुमपूर्व
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार २o:५७:oo

यार्सागुम्बा संकलनको क्रममा रुकुमपूर्व र डोल्पाका नागरिकबिच सीमा विवाद चर्किएपछि झडप भएको छ। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयबिच थाङे लेक क्षेत्रमा विवाद भएको हो। उक्त स्थानमा यार्यागुम्बा संकलन गर्ने करिब सात सयजना पुगेको सशस्त्र प्रहरीको भनाइ छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म डोल्पाबाट खटिएको टोलीले स्थिति नियन्त्रण बाहिर जान नदिन दुई राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक मनीष थापाले जानकारी दिए । यार्सागुम्बा संकलनको सिजन सुरु भएसँगै सीमावर्ती क्षेत्रमा हुने विवादले गर्दा झडप भएको प्रहरी थापाले बताए। 

स्थानीय सरकार र सम्बन्धित निकायको बेवास्ताका कारण सीमांकन नटुंगिएको र यार्साजस्तो बहुमूल्य वन उत्पादको स्वामित्वको विषयलाई लिएर दुवै जिल्लाका बासिन्दाबिच झडप दोहोरिएको रुकुमपूर्वका नाम नखुल्ने सर्तमा एक यार्सा संकलनकर्ताले बताएका छन्।