Skip This
आइपिएल–२०२५ : गुजरातलाई हरायो लखनउले 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
२o८२ जेठ ९ शुक्रबार o७:२१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : गुजरातलाई हरायो लखनउले 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार o७:२१:oo

लखनउ सुपर जायन्टले बिहीबार इन्डियन प्रिमियर लिग (आइपिएल)मा शीर्ष स्थानको गुजरात टाइटन्समाथि ३३ रनको जित निकालेको छ । लखनउले पहिलो ब्याटिङ गरी २० ओभरमा दुई विकेट गुमाएर २३५ रनको विशाल योगफल बनाएको थियो ।

प्रत्युत्तरमा गुजरातले २० ओभरमा नौ विकेटको नोक्सानीमा २०२ रन जोड्दा लखनउले बाजी मारेको हो । जितसँगै लखनउले १३ खेलबाट १२ अंक जोड्यो । गुजरातले १३ खेलबाट १८ रन जोडेको छ । गुजरातले अन्तिम तीन ओभरमा चार विकेट गुमाएको थियो ।

लनखउनका लागि विल ओले २७ रन खर्चेर तीन विकेट लिए । गुजरातको ब्याटिङमा साहरूख खानले २९ बलमा पाँच चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ५७ रनको योगदान दिए । कप्तान शुभमन गिलले २० बलमा ३५ तथा जोस बटलरले १८ बलमा ३३ रन बनाए । 

मार्सको शतकीय इनिङ्स
यसअघि पहिलो ब्याटिङ गरेको लखनउले उत्कृष्ट प्रदर्शन गरेको थियो । लखनउको ब्याटिङमा ओपनर मिचेल मार्सले शतकीय योगदान दिए । उनले ६४ बलमा ११७ रनको योगदान दिँदा लखउनले शीर्ष स्थानमा रहेको गुजरातविरुद्ध विशाल योगफल खडा गरेको हो । मार्सले आफ्नो इनिङ्समा १० चौका र आठ छक्का प्रहार गरेका थिए । मार्सले ३३ बलमा ५० रन जोडे । उनले ५६ बलमा शतक पूरा गरेका थिए । 

मार्सले अर्का ओपनर एडेन माक्रामसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ९१ रनको साझेदारी गरेका थिए । गुजरातका साई किशोले माक्राम र मार्सबिचको साझेदारी तोडेका हुन् । माक्रामले २४ बलमा दुई छक्का र तीन चौकाको सहयोगमा ३६ रनको योगदान दिए । माक्राम र मार्सले ५९ बल सामना गरेका थिए । 

त्यसपछि मार्स र निकोलास पुरनले दोस्रो विकेटका लागि विस्फोटक साझेदारी गरी टोलीलाई १८.२ ओभरमा २१२–२ को बलियो स्थितिमा राखे । शतकीय इनिङ्स खेलेका मार्सलाई अर्सद खानले रुथफोर्डबाट क्याच आउट गराए । मार्स र पुरनले दोस्रो विकेटका लागि केवल ५१ बलमा १२१ रनको साझेदारी गरेका हुन् ।

पुरनले ऋषव पन्तसँग तेस्रो विकेटका लागि नटआउट १० बलमा २३ रन जोडे । पुरनले २७ बलको सामना गरी पाँच छक्का र चार चौकाको सहयोगमा ५६ रन जोडे । पन्तले ६ बलमा दुई छक्काको सहयोगमा १६ रन बनाए । लखनउले १० अतिरिक्त रन पाएको थियो । पुरनले २३ बलमा अर्धशतकीय योगदान दिएका थिए । लखनउले पावर प्लेमा ५३ रन जोडेको थियो ।