Skip This
यौनधन्दा चलाउने र संलग्न हुने १३ जनाविरुद्ध मुद्दा दर्ता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
२o८२ जेठ ८ बिहीबार १२:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यौनधन्दा चलाउने र संलग्न हुने १३ जनाविरुद्ध मुद्दा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार १२:४६:oo

उदयपुरमा यौनधन्दा चलाउने र संलग्न हुने १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार यौनधन्दा चलाउने र संलग्नको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध अनुसन्धान गरी सरकारी वकिल कार्यालय उदयपुरमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो।

उनले गएको वैशख १६ गते जाहेरवाला (सांकेतिक नाम गाईघाट ८४९क र गाईघाट ८५९ख) ले नाबालिका छोरी पीडित वर्ष १३ की (सांकेतिक नाम गाईघाट ८४ र पीडित वर्ष १५ की गाईघाट ८५) लाई कानुनको विवादमा परेका बालक (सांकेतिक नाम गाईघाट ८६, गाईघाट ८७) स्थायी घर झापा कन्काई नगरपालिका– ४ भएका त्रियुगा नगरपालिका– ११ पिपलचोक डेरा गरी बस्ने वर्ष २० को विक्रम तामाङ भन्ने विक्रम रणपहेली (दर्जी), त्रियुगा– ११ कै वर्ष १९ की पुर्णिमा राई, सप्तरी हनुमाननगर कंंकाली नगरपालिका– ४ घर भएका वर्ष २५ का कुन्दन दासका विरुद्ध मुद्दा दर्ता गरिएका जानकारी दिए। 

यसैगरी, त्रियुगा नगरपालिका– ११ स्थितमा रहेको भ्यु प्वाइन्ट होटल र  मकालु होटेलको कोठामा लगी अपरिचित पुरुष मानिससँग यौन क्रियाकलापमा लगाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा मुद्दा दर्ता गरिएको एसपी योगीको भनाइ छ।

उनले भने, ‘पक्राउ परेकामाथि उल्लेखित पीडकहरू विक्रम रणपहेली (दर्जी), कुन्दन दास, पूर्णिमा राई तथा मकालु होटेलका सञ्चालक त्रियुगा नगरपालिका– ११ का वर्ष ३८ का ललित भण्डारी, भ्यु प्वाइन्ट होटेलका सञ्चालिका त्रियुगा नगरपालिका– १० की वर्ष २९ की सम्झना मगर तथा तीन बालक र पाँचजना बालिकासमेत गरी १३ जनालाई पक्राउ गरी मानव बिचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा अनुसन्धान गरी हिजो मंगलबार मुद्दा दर्ता गरिएको छ ।’

आरोपित सबै वैशाखमा पक्राउ परेको प्रहरीको भनाइ छ ।