Skip This
एनसेलको ९९ रुपैयाँमै अनलिमिटेड कलसहितको प्याक 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ८ बिहीबार ११:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलको ९९ रुपैयाँमै अनलिमिटेड कलसहितको प्याक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार ११:४६:oo

एनसेलले प्रिपेड ग्राहकका लागि तीनवटा नयाँ साप्ताहिक रिन्युअल प्याक ल्याएको छ । एक हप्ताका लागि ग्राहकको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याक ल्याइएको एनसेलले जनाएको छ । यी प्याक मंगलबारदेखि नै लागू भएका छन् । 

भ्वाइस प्याकअन्तर्गत, ग्राहकले सात दिनसम्म एनसेल वा एनटिसीमा अनलिमिटेड कल गर्न सक्नेछन्, जसको मूल्य ९९ रुपैयाँ छ । हप्ताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले भने ९९ रुपैयाँमा दुई जिबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ वटा अल नेपाल एसएमएस भएको ‘सधैँ अन’ प्याक लिन सक्नेछन् । यसैगरी, डेटा मात्र चाहने ग्राहकले भने एक सय ५० रुपैयाँमा १० जिबी उच्च गतिको डेटा सात दिनसम्म प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ । 

यी प्याक हरेक हप्ता आफैँ नवीकरण हुनेछन् । यसले ग्राहकलाई बारम्बार प्याक लिनुपर्ने झन्झटबाट मुक्त बनाउने बताइएको छ । सेवा साप्ताहिक रूपमा नवीकरण गर्ने वेला भने मोबाइलमा पर्याप्त ब्यालेन्स हुनुपर्ने कम्पनीले जनाएको छ ।