Skip This
रवि लामिछानेको मुद्दामा सर्वाेच्चमा आज सुनुवाइ हुने 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ८ बिहीबार ११:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

रवि लामिछानेको मुद्दामा सर्वाेच्चमा आज सुनुवाइ हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार ११:oo:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुने भएको छ। उनको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हेर्दाहेर्दैमा छ। 

गत मंगलबारदेखि रिटमा सुनुवाइ सुरु भएको हो। बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा बस्नुपरेपछि सुनुवाइ हुन सकेको थिएन । आज सुनुवाइ अघि बढेको छ । 

गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै लामिछानेपत्नी निकिता पौडेलले गत ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। साथै, लामिछानेलाई थुनामा राख्ने उच्च अदालत, तुलसीपुर (बुटवल इजलास)को आदेशउपर परेको निवेदनमा पनि सँगै सुनुवाइ हुन लागेको छ। सो इजलासमा एउटै मात्र मुद्दा छ। सुनुवाइ सकेर आजै आदेश आउने सम्भावना छ। 

सहकारीमा आफ्नो कुनै सम्बन्ध नै नभएको र गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक भएकै आधारमा राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको आरोप लामिछानले लगाउँदै आएका छन्।