Skip This
कहाँ पुग्यो मनसुन, कहिले आउँछ नेपाल ?
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कहाँ पुग्यो मनसुन, कहिले आउँछ नेपाल ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४४:oo

यसपटक औसतभन्दा नौ दिनअघि १३ मेमा दक्षिण एसियाली मनसुन सुरु भएको छ । भारतको जल तथा मौसम विज्ञानले बुधबार बुलेटिन जारी गर्दै आगामी चार–पाँच दिनमा केरला क्षेत्रमा मनसुन पुग्ने आकलन गरिसकेको छ । हाल दक्षिण अरब सागरका केही क्षेत्रमा मनसुन पुगिसकेको छ ।

केरलामा ३० मेमा मनसुन पुगेमा नेपालको पूर्वी भेगमा औसत अर्थात् १३ जुनहाराहारीमा मनसुन आगमन हुने आकलन गरिन्छ । तर, यसपटक औसतभन्दा अगाडि नै मनसुन उत्पन्न भएकाले अबको १३–१४ दिनमा मनसुन पुग्न सक्ने आकलन एकथरी मौसमविद्ले गरेका छन् । तर, मनसुनी हावा कहिले आइपुग्छ भनेर अहिले नै भन्न नसकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन भनेको हावा बहने दिशाको अथवा हावाको दिशा परिवर्तन हुनु हो । यसरी दिशा परिवर्तन गरेर आएको हावा (मनसुन)ले भारी वर्षा वा सुक्खा पनि गराउन सक्छ । मनसुनी हावा सधैँ चिसोबाट तातो ठाउँतिर बहन्छ । हिन्द महासागरको पानी वाष्पीकरण भएर अथवा बाफ बनेर हावामा मिसिन्छ । यसरी बाफसहितको हावा भारत, नेपाल, श्रीलंका र बंगलादेशलगायतका देशतर्फ बहन्छ । त्यहाँ पुगेपछि तातो हावा चिसिन्छ र पानी पार्छ ।