Skip This
तेस्राे गाउँ पर्यटन मार्ट ९ र १० जेठमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
२o८२ जेठ ६ मंगलबार २o:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तेस्राे गाउँ पर्यटन मार्ट ९ र १० जेठमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार २o:oo:oo

गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजारसम्म जोड्न प्रयत्न गर्दै गाउँ पर्यटन प्रवर्द्धन तथा बजारीकरणका लागि एक प्लेटफर्म सिर्जना गर्ने मुख्य उद्देश्यसहित पोखरामा तेस्रो गाउँ पर्यटन मार्ट २०८२ हुने भएको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजना तथा पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्, होमस्टे फ्रेडरेसन नेपाल (होफेन) गण्डकी प्रदेशको सहकार्यमा ९ र १० जेठमा मार्ट हुने भएको आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।

दुई दिनसम्म सञ्चालन हुने मार्टमा २५ वटा गाउँ पर्यटन सम्बद्ध व्यवसायीहरू, पर्यटन व्यवसायी, नीति निर्माताहरू, स्थानीय तहका प्रतिनिधि तथा विभिन्न संघसंस्थाहरूको सहभागिता रहने पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणि लामिछानेले जानकारी दिए। लामिछानेका अनुसार मार्टमा पर्यटक तथा आगन्तुकहरूका रूपमा स्वदेशी र विदेशी पर्यटकहरू, कलेज तथा विद्यालयका विद्यार्थीहरू रहनेछन्।

मार्टमा सामुदायिक घरबास (होमस्टे) तथा गाउँका पर्यटन व्यवसायीका स्टलहरू स्थापना, विभिन्न तीन विषयमा ‘टक सो’ कार्यक्रम गरिने बताइएको छ। यसका साथै सांस्कृतिक कार्यक्रम, संस्कृति प्रवर्द्धनका लागि विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुतिहरू, सूचना तथा प्रचार सामग्रीको वितरण, सञ्चारमाध्यमसँग पर्यटन प्रवर्द्धनमा सहकार्यसम्बन्धी सत्रहरू आयोजना हुने लामिछानेले जानकारी दिए।