Skip This
‘इजरायली आक्रमणबाट गाजामा ९२ प्रतिशत घर क्षतिग्रस्त’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
रासस न्युयोर्क
२o८२ जेठ ६ मंगलबार १९:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘इजरायली आक्रमणबाट गाजामा ९२ प्रतिशत घर क्षतिग्रस्त’

Read Time : < 1 मिनेट
रासस, न्युयोर्क
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १९:४३:oo

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनमा जारी इजरायली आक्रमणबाट गाजापट्टीका बासिन्दाहरूको ९२ प्रतिशत घरहरू नष्ट वा क्षतिग्रस्त भएको जनाएको छ।

युएनआरडब्लुएले सोमबार आफ्नो एक्स प्लेटफर्ममार्फत ‘गाजाका परिवारहरूले अकल्पनीय विनाशको सामना गरिरहेका’ भन्दै ‘सुरक्षा क्लस्टरका अनुसार ९२ प्रतिशत घरहरू क्षतिग्रस्त वा नष्ट भएकाे’ पाएको हो।

राष्ट्रसंघीय एजेन्सीले ‘अनगिन्ती बासिन्दाहरू धेरैपटक विस्थापित भएका र आश्रय अभाव भएको’ उल्लेख गरेको छ। युएनआरडब्लुएले आफ्नो विज्ञप्तिमा ‘गाजापट्टीमा लगाइएको नाकाबन्दी हटाउने आवश्यकता’मा जोड दिएको छ।

जनवरी १९ देखि लागू भएको युद्धविराम सम्झौताअन्तर्गत दुई महिनाको विरामपछि इजरायली सेनाले मार्च १८ मा गाजापट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको थियो।

यद्यपि, यस कब्जाले अभूतपूर्व मानवीय त्रासदीको सामना गरिरहेको गाजापट्टीका विभिन्न क्षेत्रहरूमा बमबारी जारी राख्दै दुई महिनाको अवधिमा युद्धविरामका सर्तहरू उल्लंघन गरेको छ।