
मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्नका लागि अन्तरबैंक टेलर क्युआर सेवा सुरुवात गरेको छ।
यस सेवाअन्तर्गत ग्राहकले कुनै पनि बैंकको मोबाइल बैंकिङ एपको प्रयोग गरी मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्युआर स्क्यान गरी सजिलै नगद झिक्न सक्नेछन्।
यस सेवाको सुरुवातबाट ग्राहकहरूले परम्परागत रूपमा चेक तथा एटिएमको प्रयोगमार्फत रकम झिक्नुपर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्नेछ। यस सेवा बैंकमा खाता नभएका, तर अन्य बैंकमा खाता भएका ग्राहकले पनि उपयोग गर्न सक्ने बताइएको छ।
यो सेवा प्रथम चरणमा बैंकको मुख्य शाखा लाजिम्पाट, पोखराको नागढुंगा, कोहलपुर, इटहरी, नारायणगढ र कमलादी शाखा कार्यालयबाट सुरु भएको छ। निकट भविष्यमा देशभरिकै शाखामा विस्तार गरिने बैंकले जनाएको छ।