Skip This
नवलपुरमा सवारी दुर्घटना हुँदा नाैजना घाइते
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 20 May, 2025
Invalid date format १६:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा सवारी दुर्घटना हुँदा नाैजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२८:oo

नवलपुरको गैँडाकोट नगरपालिका– ९, थुम्सीमा बस र माइक्रोबस एक–आपसमा ठक्कर खाँदा नाैजना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु.२ख ६६७२ नम्बरको बस र बुटवलदेखि नारायणगढतर्फ आउँदै गरेको लु.२ख ६९८५ नम्बरको माइक्रोबस एक–आपसमा ठक्कर खाएर दुर्घटना भएको हो।

दुर्घटनामा परी माइक्रोबसका चालक रुपन्देही जिल्लाको देवदह नगरपालिका– २ बस्ने ४२ वर्षीय विनोदसिंह ठाकुर र सहचालक २९ वर्षीय गोपाल मगर, चितवन भरतपुर महानगरपालिका– १६ निवासी २१ वर्षीया अनिता नेपाली, ३६ वर्षीय विष्णु नेपाली र रुपन्देही बुटवल  उपमहानगरपालिका– ५ निवासी २२ वर्षीया वर्षात सुवेदी गम्भीर घाइते भएका छन्।

घाइतेहरूको नयाँ मेडिकल कलेज भरतपुर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।