१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
Invalid date format १६:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेबाट निर्वाचित पालिका अध्यक्षको आरोप : देशको शासन व्यवस्था निमुखा जनता, गरिब, असहायको हितका लागि हुन सकेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५३:oo

एमालेबाट निर्वाचित कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले देशको शासन व्यवस्था निमुखा जनता, गरिब, असहाय, अशक्तलगायतको हितका लागि हुन नसकेको बताएका छन्। 

सामाजिक विकास कार्यालय गण्डकी प्रदेश कास्कीको आयोजना मानव सेवा आश्रम कास्कीको समन्वयमा शनिबार पोखरामा आयोजना गरिएको सडक मानव व्यवस्थापन तथा उद्धार राहतका लागि सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा अध्यक्ष केसीले सो कुरा बताएका हुन्।

आफनै पार्टी अध्यक्ष प्रधानमन्त्री रहेको समय पार्टीका गण्डकी प्रदेश सदस्यसमेत रहेका केसीले देशको शासन व्यवस्था निमुखा जनता, गरिब र असहायको हितको लागि हुन नसकेको भनी गम्भीर आरोप लगाएका हुन्।

हाल देशमा टाठा, बाठाले मात्र रजाइँ गरिरहेको र उनीहरूले देश लुट्ने सगै सहकारी लुट्ने कामसमेत गरेको आरोप उनको थियो। देशमा निमुखा जनता, गरिब, असहायले केही नगरेको र राज्यले समेत उनीहरूको हितमा काम गर्न नसकेको आरोप अध्यक्ष केसीको थियो। देशमा टाठा, बाठाले मात्र रजाइँ गरिरहेको अवस्थामा कमजोरहरूको आवाजसमेत सुनुवाइ नभएको र उनीहरूले न्यायसमेत नपाएको भनाइ उनको थियो।

जो कमजोर छ, त्यसको आवाज पनि सुनुवाइ हुँदैन, यसर्थ उनीहरूको पक्षमा उभिनुपर्छ भन्ने लाग्छ मलाई, भन्न त हामीले समाजवादउन्मुख संविधान भन्यौँ, संविधानमा पनि समाजवाद भन्यौँ, व्यवहारमा कहाँ भन्यौँ भनी प्रश्न गरेका उनले यस्को गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएका थिए।

हामी सरकारमा जो जो रहेका छौँ हामीले हाम्रो कार्यशैली र हामीले गरेको व्यवहारप्रति गम्भीर ढंगले समीक्षा नगर्न जरुरी छ, किनभने त्यो समीक्षा नगर्नाका कारणले जनताका बिचमा निराशा छाएको भनाइ उनको थियो। खाली हामी नेता, नेतृत्व सबै स्वार्थका लागि मात्र हिँडेको छ भन्ने अनुभूति भएको छ, यसकारण हामीले यस्तो खालको शासन चलाउनुहुँदैन।

जसलाई हामीले न्याय दिनुपर्ने हो, उनीहरूलाई हामीले न्याय दिनुपर्छ, निमुखा जनता, गरिब, अशक्त, असहाय जसले न्याय पाउन सकेका छैनन्, मानव भएर पनि उनीहरूले मानवको जीवन बिताउन पाएका छैनन्, ती जनताको पक्षमा काम गर्न आवश्यक रहेको भनाइ केसीले राखेका थिए।

आफ्नो भनाइ राख्ने क्रममा केसीले आश्रमले गरेको कामको खुलेर प्रशंसा गर्दै राज्यले गर्नुपर्ने काम आश्रमले गरेको बताएका थिए। आश्रम सञ्चालन र भाैतिक पूर्वाधार निर्माणका लागि पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका थिए।