१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३ शनिबार
  • Saturday, 17 May, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
२o८२ जेठ ३ शनिबार १३:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रको लापरबाही : पोलमा काम गर्दागर्दै करेन्ट लागेर मजदुरको मृत्यु

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८२ जेठ ३ शनिबार १३:५o:oo

नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रको चरम लापरवाहीले गर्दा विद्युत मजदुरको ज्यान गएको छ। विद्युतको पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार धुलिखेल नगरपालिका वडा नं. ७ सञ्जीवनी चोक नजिक ११ के भी करेन्ट रहेको विद्युतपोलमा चढेर काम गर्ने क्रममा सर्लाही जिल्ला इश्वरपुर नगरपालिका वडा नं. १२ का २८ बर्षीय उपेश परियारको केन्ट लागेर मृत्यु भएको छ। 

तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको स्थानीयको आरोप छ । उनलाई विद्युत प्राधिकरणले नै काममा लगाएको थियो ।

शुक्रबार मात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो । त्यसैले सावधानी अपनाउन भनेको थियो । तर, कार्यालयकै असावधानीले एक जना मजदुरको मृत्यु भएको छ ।

मृतक उपेशको  शवलाई पोलबाट निकालेर पोस्टमार्टमको लागि धुलिखेल अस्पताल पठाएको छ ।घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।