१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
Invalid date format o९:५६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनीमा नीति तथा कार्यक्रम सोमबार आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५६:oo

शुक्रबारको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । आगामी सोमबार संसद्मा नीति कार्यक्रम पेस गर्ने निर्णयसमेत भएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए । ‘जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ,’ उनले भने । 

बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र लुम्बिनी प्राज्ञ प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।