१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २ शुक्रबार ११:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सान्भी इनर्जीले ९ जेठदेखि आइपिओ जारी गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार ११:o७:oo

सान्भी इनर्जी कम्पनीले ९ जेठदेखि सर्वसाधारणमा आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति आएको थियो ।

जसमध्ये आठ लाख ८० हजार कित्ता आयोजना प्रभावितका लागि र दुई लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ । 

बाँकी रहेको २६ लाख १९ हजार कित्तामध्ये एक लाख ४५ हजार पाँच सय कित्ता सामूहिक लगानी कोष र ५८ हजार दुई सय कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी २४ लाख १५ हजार तीन सय कित्ता सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । आवेदन जेठ १३ गतेसम्म दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ हो ।