१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
२o८२ जेठ २ शुक्रबार १o:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

४३ केजी गाँजासहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १o:१८:oo

धनकुटाको विभिन्न स्थानबाट ४३ केजी लागुऔषध गाँजासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध गाँजासहित पक्राउ पर्नेमा धनकुटा नगरपालिका– ९ का ५१ वर्षीय राजु राई, सहिदभूमि गाउँपालिका– २ का २२ वर्षीय सन्तोष दर्जी, मोरङ जिल्ला सुन्दरहरैँचा नगरपालिका– १० का २६ वर्षीय जयराम सरदार र १८ वर्षीय सुदीप सरदार रहेको प्रहरीले बताएको छ।

राईलाई धनकुटा नगरपालिका– ९, मूलघाटस्थित कोशी लोकमार्गमा साप्तिनटारबाट धरानतर्फ पैदलयात्रामार्फत जाँदै गर्दा बिहीबार २८ केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताए। तमोर नदीको पुलमा गाडी पर्खिरहेका राईलाई प्रहरी चौकी मूलघाटबाट गस्तीमा खटिएको प्रहरीले शंका लागेर चेकजाँच गर्ने क्रममा कार्टुनमा प्याक गरेर लैजाँदै गरेको गाँजा प्रहरीले फेला पारेको थियो।

त्यस्तै, साँगुरीगढी गाउँपालिका– ६, भेडेटारचोकमा संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००१ ज ४६५९ नम्बरको इभी गाडीमा प्रहरीले चेकजाँच गर्ने क्रममा ह्यान्डब्यागमा १२ केजी गाँजासहित दर्जीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ भने अर्को इभी गाडी प्रदेश नम्बर १–०२–००१ ज ४६५९ नम्बरलाई चेकजाँच गर्ने क्रममा ह्यान्डब्यागमा करिब तीन केजी लागुऔषध गाँजासहित सरदारद्वयलाई पक्राउ गरिएको डिएसपी खनालले बताए।

पक्राउ गरेका चारैजनालाई लागुऔषध कारोबारसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ। पछिल्लो समयमा धनकुटाबाट लागुऔषध ओसारपसारको आरोपमा दैनिकजसो विभिन्न व्यक्तिहरू पक्राउ पर्दै आएका छन्।