Skip This
गोन्द्राङमा दुई करोड २३ लाख लागतमा राइनो पार्क बन्दै, मेयर दाहालद्वारा शिलान्यास
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
Invalid date format १३:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोन्द्राङमा दुई करोड २३ लाख लागतमा राइनो पार्क बन्दै, मेयर दाहालद्वारा शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४५:oo

भरतपुर– १२ को गोन्द्राङमा नगरस्तरीय पार्क निर्माण हुने भएको छ। दुई करोड २३ लाख लागतमा निर्माण हुने राइनो पार्क तथा खुला चिडियाखानाको एक कार्यक्रमबिच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले शिलान्यास गरेकी छिन् । उनले भरतपुर महानगरपालिकाको एक वडा, एक पार्कको नीतिअनुसार राजमार्गसँग जोडिएको यस ठाउँमा पार्क निर्माण गर्न लागिएको बताइन् ।

उनले यो पार्कमा विभिन्न पर्यटकीय पूर्वाधारहरू निर्माण र सौन्दर्यीकरणको काम हुनेछ। राइनो पार्क भरतपुर आउने पर्यटकलाई नजिकै छोटो समय घुमघाम गर्न उपयुक्त स्थान बन्ने विश्वास व्यक्त गरिन्। बेलसहर सामुदायिक वन क्षेत्रमा पर्ने पार्क आठ बिघा क्षेत्रफलमा निर्माण हुनेछ । गौतम मोडर्न जेभीले ०८२ कात्तिक ७ गतेभित्र निर्माण सम्पन्न हुने गरी मूल्य अभिवृद्धि करसहित दुई करोड २३ लाख आठ हजार ६५४ रुपैयाँमा पार्कको निर्माण गर्नेछ ।

भरतपुर महागगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यले यो रकमबाट वन्यजन्तु उद्धार भवन, गोही, सर्प, माछा, कछुवाको लागि पोखरी, म्युजियम, फुटपाथ, घेराबारसहितको खुला चिडियाखाना र विश्रामका लागि गोलघर निर्माण हुनेछ। कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले पार्क निर्माणले पर्यापर्यटनलाई सहयोग पुर्‍याउने उल्लेख गरे । 

यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले पार्कमा ठेक्कामा उल्लेख भएका सबै संरचना बन्दा निकै आकर्षक पार्क निर्माण हुने विश्वास व्यक्त गरे । कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर– १२ का अध्यक्ष लेखराज पन्तको अध्यक्षतामा भएको थियो ।