Skip This
तोलामा तीन हजार पाँच सयले घट्यो सुन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:५६:oo
Read Time : < 1 मिनेट
अर्थ

तोलामा तीन हजार पाँच सयले घट्यो सुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५६:oo

बुधबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा  तीन हजार पाँच सयले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला रु. ३५ ले गिरावट भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ८१ हजार आठ सय कायम भएको छ ।

त्यसैगरी, एक तोला चाँदी रु. एक हजार ९२५ मा बेचबिखन भइरहेको छ । बुधबार प्रतितोला सुन रु. एक लाख ८५ हजार तीन सय  र त्यति नै परिमाणको चाँदी  एक हजार ९६० मा खरिद–बिक्री भएको थियो । 

 अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।