Skip This
अमेरिकी प्रतिबन्ध हट्ने भएपछि सिरियामा हर्षोल्लास
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
रियाद
२o८२ जेठ १ बिहीबार o८:४३:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी प्रतिबन्ध हट्ने भएपछि सिरियामा हर्षोल्लास

Read Time : > 1 मिनेट
रियाद
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार o८:४३:oo

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथिका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । पश्चिम एसियाको भ्रमणमा रहेका ट्रम्पले साउदी अरबको रियादमा एक लगानी फोरममा बोल्दै अमेरिकाले सिरियामाथि लगाएको प्रतिबन्धले आफ्नो ‘उद्देश्य’ हासिल गरेकाले अब त्यसको आवश्यकता नभएको बताए । 

ट्रम्पको घोषणालाई अरब नेता र सिरियाली नागरिकले स्वागत गरेका छन् । देशमाथि एक दशकदेखि लागेको कठोर आर्थिक प्रतिबन्ध हट्ने खबर बाहिरिएपछि कैयौँ सिरियाली नागरिक देशको झन्डा फहराउँदै दमासकसको उम्मायद चोकमा भेला भएर खुसी व्यक्त गरेका थिए ।

अल–असद परिवारको ५० वर्षभन्दा लामो कठोर शासन अन्त्यपछि सिरियाका लागि प्रतिबन्धहरू हटाउने ट्रम्पको प्रतिज्ञा एक प्रमुख मोड बन्न सक्छ । गत डिसेम्बरमा हाल सिरियाका अन्तरिम राष्ट्रपति रहेका अहमद अल–सारा नेतृत्वको विद्रोही फौजले बसर अल–असदको शासन अन्त्य गरेको थियो ।

‘त्यहाँ अहिले एक नयाँ सरकार बनेको छ । आशा गरौँ देशमा शान्ति कायम हुनेछ,’ ट्रम्पले रियादमा राष्ट्रपति अहमद अल–साराको नेतृत्वको अन्तरिम सरकारलाई इंगित गर्दै भने ।  सिरियामाथिको प्रतिबन्ध अन्त्य गर्ने निर्णयमा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान (एमबिएस) र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रभावित बनाएको ट्रम्पले बताएका थिए ।

‘अमेरिकी प्रतिबन्ध हट्दा सिरियाको आर्थिक विकास, आर्थिक समृद्धि स्थापना गर्ने क्षमतामा रहेको प्रमुख अवरोध हट्नेछ,’ मिडल इस्ट काउन्सिल अन ग्लोबल अफेयर्सका फेलो ओमर रहमानले भने, ‘ट्रम्पलाई यो काम गर्न धेरै गाह्रो पनि छैन । किनकि, उनले यसका लागि कंग्रेससँग अनुमति माग्न आवश्यक पर्दैन ।’

ट्रम्प र सिरियाका राष्ट्रपतिबिच भेटवार्ता
ट्रम्पको घोषणासँगै २५ वर्षपछि पहिलोपटक अमेरिकी राष्ट्रपति र सिरियाली राष्ट्रपतिबिच भेट भएको छ । ३३ मिनेटसम्म चलेको वार्तामा ट्रम्पले सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–सारालाई दमास्कससँगको सम्बन्ध सामान्यीकरण गर्नेबारे विचार गरिरहेको बताए । संयुक्त राज्य अमेरिका र खाडी अरब देशबिचको शिखर सम्मेलनअघि ट्रम्पले अल–सारालाई भेटेका थिए ।