Skip This
सबैभन्दा धेरै बेरुजु अर्थ र भौतिक मन्त्रालयको 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सबैभन्दा धेरै बेरुजु अर्थ र भौतिक मन्त्रालयको 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४७:oo

एक वर्षको अवधिमा ९१ अर्ब ५९ करोड ७१ लाख बेरुजु थपिएको छ। महालेखापरीक्षकको कार्यालयले तयार गरेको आर्थिक वर्ष ०८०/८१ को लेखापरीक्षणसम्बन्धी प्रतिवेदनमा बेरुजुको प्रवृत्तिमा खासै सुधार देखिएको छैन।

महालेखापरीक्षक तोयम रायाले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई ६२औँ प्रतिवेदन बुझाएका छन्। प्रतिवेदनअनुसार सबैभन्दा धेरै बेरुजु अर्थ, भौतिक योजना र रक्षा मन्त्रालयको छ । 

प्रतिवेदनअनुसार  संघीय सरकारी कार्यालयमध्ये सबैभन्दा धेरै ३३ अर्ब ७१ करोड बेरुजु अर्थ मन्त्रालयको छ । जुन संघीय कार्यालयको कुल बेरुजुको ७०.६१ प्रतिशत हो । त्यस्तै, भौतिक योजना तथा यातायात मन्त्रालयको  ६ अर्ब ४३ करोड र रक्षा मन्त्रालयको एक अर्ब ६७ करोड रुपैयाँ छ ।