
दाङको तुलसीपुरमा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। गएको शनिबार तुलसीपुर उपमहानगरपालिका– ४, हलवारनिवासी सात वर्षीया बालिका बलात्कृत भएकी हुन्।
बलात्कारको आरोपमा प्रहरीले १६ वर्षीय नाबालकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार सोमबार पक्राउ गरी अनुसन्धान थालिएको छ।
पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए । पीडक नाबालकले घरमा खेल्न गएको अवस्थामा चाउचाउ दिन्छु भन्दै घरभित्र लगी बलात्कार गरेको प्रहरीले बताएको छ।