Skip This
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजबाट सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका लुम्बिनी
२o८२ बैशाख ३१ बुधबार o९:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजबाट सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार o९:o३:oo

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेका हुन् । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने, प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले राससलाई जानकारी दिए। 

आगामी जेठको पहिलो साता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।