Skip This
 ‘के घर के डेरा : घर नं. २’ को अग्रिम बुकिङ खुला, देशभर उच्च साे
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३१ बुधबार १४:५o:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

 ‘के घर के डेरा : घर नं. २’ को अग्रिम बुकिङ खुला, देशभर उच्च साे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार १४:५o:oo

‘के घर के डेरा : घर नं. २’को अग्रिम बुकिङ खुला भएको छ। जेठ २ गते रिलिज हुने चलचित्रको मंगलबार साँझदेखि अग्रिम बुकिङ खुला भएको हो । चलचित्रले उच्च साे पाएको छ । देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौंमा २५ साे पाएको छ। काठमाडौं उपत्यकाबाहिर २२ साे पाएको छ । क्युएफएक्सका आउटलेटमा ४७ साे पाएको छ।

आइएनआईले आफ्ना चारवटा आउटलेटमा १५ साे दिएको छ । वान सिनेमाजले कालीमाटीको आउटलेटमा चार साे दिएको छ। एफक्युबले चार साे उपलब्ध गराएको छ । यस्तै, हाराहारीमा अन्य मल्टिप्लेक्सले ‘के घर के डेरा : घर नं. २’लाई साे उपलब्ध गराएका छन् । चलचित्र वितरक करण श्रेष्ठका अनुसार केही हलहरूले साे खोल्ने बाँकी रहेको जानकारी दिए । उनका अनुसार आज र भोलि बिहानसम्ममा देशभरका हलहरूको साे यकिन तथ्यांक आउने बताए। 

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा : घर नं. २’ जेठ २ गते रिलिज हुँदै छ ।  राम्रो हाइप बनाएको सिनेमाले आक्रामक व्यापार गर्ने निर्माण पक्षको विश्वास छ।चलचित्रमा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासनासिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो । चलचित्र एप्पल इन्टरटेनमेन्ट, ए प्लस इन्टरटेनमेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं. २’ को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।

चलचित्र ‘के घर के डेरा : घर नं. २’ले घर र डेराको कथा भन्छ । घर नहुनेहरूले घर बनाउन देख्ने सपना र घर हुनेहरूको दुःख यो सिनेमाले भन्दै छ । यही कथाको वरिपरि चलचित्र रहेको ट्रेलरले बताइसकेको छ ।

काठमाडौंको खाल्डोमा पसिसकेपछि कुनै मध्यम वर्गीय परिवारको त्यस्तो व्यक्ति कोही छैन होला जसले यहाँ आफ्नै घर बनाउने सपना नदेखेको होस् । घर र डेराबिचको अन्तरले पटकपटक जिन्दगीलाई हिर्काएको पीडाबाट छुटकारा पाउन हरेक व्यक्ति काठमाडौंमा आफ्नै घर होस् भन्ने सपना पाल्छ । र, त्यही सपना पूरा गर्न अथक मिहिनेत गर्छ । जागिर, व्यापार सबै गर्छ । पैसाकै पछाडि दौडिँदा धाकधम्की, दुई नम्बरी अनेक गर्ने मान्छेसँग भेट हुन्छ । सुरुमा प्रलोभनपछि धम्की र परिबन्ध । यसकै चक्करमा जिन्दगी फसेपछि कसरी बन्छ नयाँ घर, कसरी रहन्छ बनाएको घर ? यही कथाको वरिपरि चलचित्र रहेको अनुमान लगाउन सकिन्छ ।