Skip This
प्रेरक प्रसंग : सेठ र मनको शान्ति
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format o५:५६:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : सेठ र मनको शान्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५६:oo

एक सेठसित अपार धन सम्पत्ति थियो । तर, उनको मनमा कुनै शान्ति थिएन । एक दिन कसैले उनलाई सहरदेखि परको जंगलछेउको कुटीमा बस्ने एक साधुले सिद्धि प्राप्त गरेका हुनाले सबैको मनोकामना पूरा गर्न सक्ने सुनाइदिए । सेठ साधुको आश्रममा पुगे । उनले भने– साधु महाराज, मसँग धन, सम्पत्ति र भौतिक सुखको कमी छैन । तर, मनमा शान्ति छैन । त्यसैले म मनको शान्ति प्राप्त गर्न चाहन्छु । साधुले भने– ठिक छ, मैले जे गरे पनि तिमी चुपचाप हेर्दै जानू । 

कुनै प्रतिक्रिया नजनाउनू । यसबाट तिमीले मनको शान्ति हासिल गर्ने उपाय फेला पार्नेछौ । सेठले सहमति जनाए । दोस्रो दिन साधुले सेठलाई चर्को घाममा बसाए । आफू भने कुटीभित्र आरामले बसे । गर्मीले सेठ हैरान भए । तैपनि, चुपचाप सहे । अर्को दिन साधुले सेठलाई केही खान दिएनन् । तर, आफूले भने मिठामिठा परिकार खाए । यो सब देखेर पनि सेठ मौन नै रहे । तेस्रो दिन आक्रोशित हुँदै सेठ साधुको आश्रमबाट जान लागे । साधुले मुस्कुराउँदै सोधे– के भयो ? कता जान लाग्यौ ? सेठले भने– महाराज, म यहाँ ठुलो आशा लिएर आएको थिएँ । तर, तपाईंले मलाई निराश बनाउनुभयो । साधुले पुनः मुस्कुराउँदै भने– यी दुई दिनमा मैले तिमीलाई शान्ति प्राप्त गर्ने उपाय बताइदिएँ । 

पहिलो दिन मैले तिमीलाई चर्को घाममा राखेर आफू भित्र शीतल छायामा बसेँ । मेरो छाया तिमीलाई कुनै काम लागेन । दोस्रो दिन मैले तिमीलाई केही पनि खान दिइनँ । तर, आफूले भने अनेक तरहका व्यञ्जनको स्वाद लिएँ । मेरो खानाले तिम्रो पेट भरिएन । ठिक यसैगरी मेरो मनको शान्तिले पनि तिमीलाई काम दिँदैन । त्यसका लागि तिमी स्वयंले मिहिनेत गर्नुपर्छ । यसैबाट तिम्रो मनको शान्ति प्राप्त हुन सक्छ ।