Skip This
संवैधानिक परिषद्सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
फाइल तस्बिर
रासस काठमाडौं
२o८२ बैशाख ३१ बुधबार १८:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संवैधानिक परिषद्सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार १८:४७:oo

राष्ट्रिय सभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

सभाको आज बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको सो प्रस्तावलाई सभाले सर्वसम्मतिबाट स्वीकृत गरेको हो।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए। 

राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ ५ गते सोमबार अपराह्न १ः१५ मा बस्नेछ।