Skip This
उँभौली पर्वमा उमाकुुण्ड गाउँपालिकाले दियो दुई दिन स्थानीय पर्व बिदा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उँभौली पर्वमा उमाकुुण्ड गाउँपालिकाले दियो दुई दिन स्थानीय पर्व बिदा

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

किराँतहरू सुनुवार, राई, लिम्बू र याक्खा जातिको महान् चाड उँभौली पर्वको अवसरमा रामेछापको उमाकुण्ड गाउँपालिकाले दुई दिन (आज र भोलि) स्थानीय पर्व बिदा दिएको  छ ।

सुनुवारहरूको बाहुल्य रहेको उमाकुण्ड गाउँपालिकामा उँभौली पर्वको अवसरमा मंगलबार र बुधबार दुई दिन स्थानीय पर्व बिदा दिएको हो । उँभौली पर्वको अवसरमा उमाकुण्ड गाउँपालिका– ४ प्रितीस्थित चण्डीथानमा भव्य मेलासमेत लाग्ने गर्दछ । उँभौली पर्वको अघिल्लो रातभर सुनुवारहरूले नाचेर बुल्फे अर्थात् चण्डी बोलाउने गर्दछन् । 

रातभर नाचगान गरी चण्डी बोलाएपछि सुनुवारहरूले उँभौली पर्वको दिन दिउँसो चण्डी पूजा गर्ने गर्दछन्। उक्त पूजामा सुनुवारहरूले राँगा, बोका र भालेको बलि चढाउने गर्दछन्। चण्डी पूजाका दिने भेला भएका सुनुवारहरूले आफ्नो संस्कृति र परम्पराअनुसार भाले र पोथी ढोल बजाएर नाचगान गरी रमाइलो गरेर मनाउने गर्दछन् ।

उँभौली पर्वमा सुनुवारहरूले वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख, शान्ति सू–स्वास्थ्य रहोस् र दैवी प्रकोप तथा विपत्तिहरू नआउन् भनी पूजा गर्ने चलन रहेको छ। सुनुवार जातिले गुठेर अर्थात् बस्नेतको उपस्थितिमा चण्डी पूजा गर्ने प्रचलन रहेको र गुठेरको उपस्थितिविना गरेको पूजा अपूरो हुने जनविश्वास रहिआएको छ ।