
सन नेपाल लाइफ इन्स्योरेन्सले मंगलबारदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत अर्थात् १ः०.२७ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल एक करोड ६ लाख ९६ हजार तीन सय २० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासनका लागि कम्पनीले वैशाख ५ गते एक दिन बुक क्लोज गरिसकेको छ । वैशाख ४ गतेसम्म यस कम्पनीको सेयर किनेर नेप्सेमा कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
कम्पनीका अनुसार आवेदन जेठ १९ गतेसम्म दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।