
सोमबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा दुई हजार रुपैयाँले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला १० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार आठ सय कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु. एक हजार ९७० मा बेचबिखन भइरहेको छ ।
शुक्रबार प्रतितोला सुन रु. एक लाख ८६ हजार आठ सय र त्यति नै परिमाणको चाँदी रु. एक हजार ९६० मा खरिद–बिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २५२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।